site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दसैंमा काठमाडौं छाड्ने घटे, ५ दिनमा एक लाख १६ हजार मात्रै बाहिरिए
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्षको दसैंमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा एक चौथाइले कमी आएको छ ।

कोरोना महामारीका कारण यसअघि नै लाखौंले उपत्यका छाडिसकेकाले यस वर्ष दसैंको समयमा घर जानेको संख्यामा कमी आएको हो । अघिल्ला वर्षहरुमा दसैंमा बसको टिकटसमेत अग्रिम बुकिङ हुँदै आएको थियो । तर यस वर्ष यात्रुको चाप नभएपछि अग्रिम टिकटसमेत बुकिङ सुरु गरिएन ।

Agni Group
NIC Asia

महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार अघिल्लो वर्ष यही समयमा एक दिनमा एक लाख सर्वसाधारण बाहिरिएका थिए । तर यस वर्ष भने उच्चतम् बाहिरिएका दैनिक यात्रुको संख्या २५ हजार मात्रै छ । 

घटस्थापनादेखि ५ गतेसम्म एक लाख १६ हजार एक सय ३३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सोही अवधिमा ८० हजार तीन सय ७८ जना विभिन्‍न नाका प्रयोग गरी उपत्यका भित्रिएको ट्राफिक महाशाखाको रेकर्डमा उल्लेख छ । १ गते २१ हजार चार सय ७८ यात्रु बाहिरिँदा २ गते २३ हजार तीन सय ९२ यात्रु बाहिरिए । यस्तै ३ गते २३ हजार आठ सय ३६ यात्रु, ४ गते २२ हजार दुई सय ९९  र ५ गते २५ हजार एक सय २८ जनाले उपत्यका छाडे ।

Global Ime bank

काठमाडौंमा कोरना महामारीको जोखिम उच्च छ । दैनिक दुई हजार बढी नयाँ संक्रमित थपिँदै गएका छन् । यस्तोमा काठमाडौं छाडेर गाउँघर जाँदा आफ्नो कारणले अरुलाई जोखिम बढ्ने भएकाले पनि घर जानेको संख्यामा कमी आएको कतिपयको बुझाइ छ ।

बसपार्कमा फाट्टफुट्ट यात्रु, हतारो उस्तै ! (फोटो फिचर)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu