एजेन्सी । जसप्रित बुमराह, कागिसो राबाडा, जोफ्रा आर्चर र मोहम्मद शमीजस्ता बलरहरु दमदार बलिङ गरिरहेका छन् । तर, केही अनुभवी बलरका लागि भने यस पटकको आईपीएल अहिलेसम्म त्यति राम्रो रहन सकेको छैन् । उनीहरु आफ्नो बलिङमा सुधारका लागि निकै संघर्ष गरिहरेका छन् ।
यस रिपोर्टमा आईपीएल २०२० का तीन बलरको विषयमा चर्चा गरिएको छ, जुन आफ्नो बलिङद्वारा आफ्नो टोलीलाई जित दिलाउन असफल रहेका छन् । र उनीहरुले एक पारीमा सर्वाधिक रन खर्चेका छन् ।
क्रिस जोर्डन
इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल्दै आएका क्रिस जोर्डन आफ्नो आक्रमक बलिङका कारण निकै परिचित छन् । क्रिस जोर्डनले वर्ष २०१६ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै आईपीएल करियरको प्रारम्भ गरेका थिए । जोर्डन २०१७ मा सनराइजर्स हैदराबादबाट खेलेका थिए । जहाँ उनले आफ्नो बलिङको क्षमताले आफ्नो टोलीलाई कैयौं जित दिलाएका थिए ।
यस पटक उनी किङ्स इलाभेन पन्जाबका लागि खेल्दै आफ्नो बलिङ निकै नै संघर्ष गरिरहेका छन् । उनले दिल्ली क्यापिटल्सविरुद्धको पछिल्लो खेलमा चार ओभर बलिङ गर्दै ५६ रन खर्चेका थिए । जुन यस सिजनमा बलरले एक पारीमा खर्चेको सर्वाधिक रनको तेस्रो सर्वाधक रन हो ।
डेल स्टेन
साउथ अफ्रिकाका सबैभन्दा उत्कृष्ट बलरमध्यका एक मनिने डेल स्टेनको पनि यस सिजनको आईपीएलमा खासै देखिने गरी प्रस्तुत हुन सकेका छैनन् । २४ सेम्पेम्बरमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै स्टेनले किङ्स इलाभेन पन्जाबविरुद्ध माात्र ४ ओभर बलिङ गर्दै ५७ रन खर्चेका थिए । जसका कारण पन्जाबले २० ओभरमा २०६ रनको विशाल स्कोर ३ विकेट गुमाएर जोडेको थियो ।
यसको जवाफमा बैंगलोर मात्र १७ ओभरमा १०९ रनमा अलआउट हुन पुगेको थियो । डेल स्टेन यसपछि सबै खेलबाट प्लेइङ एघारभन्दा बाहिर रहेका छन् ।
सिद्धार्थ कौल
वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावादबाट खेल्दै आएका बलर सिद्धार्थ कौलको नाम आईपीएलमा निकै चर्चामा छ । आफ्नो बलिङको क्षमताले सिद्धार्थले पछिल्लो संस्करणको धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, यस पटकको आईपीएल संस्करणमा उनको बलिङले खासै जादु गर्न सकेको छैनन् । उनी यस सिजनको एक पारीमा सर्वाधिक रन खर्चने पहिलो बलरको रुपमा रहेका छन् ।
उनले ४ अक्टुबरमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच भएको खेलमा ४ ओभर बलिङ गर्दा ६४ रन खर्चेका थिए ।