site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हाल्न नसक्ने भए भने के हुन्छ ?
SkywellSkywell

बीबीसी । चुनावका लागि केही हप्ता मात्र बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित हुन पुगेका छन् जसले विश्वमाझ अब यसपछि के हुनेछ भन्ने प्रश्न उत्पन्न गराएको छ । 

अहिलेलाई अधिकांश चुनाव प्रचार अभियानका कार्यक्रम रद्द

कोभिड पोजेटिभ देखिएकाले सबैभन्दा पहिले त उनी चुनाव प्रचार अभियानका कार्यक्रमहरुमा सहभागी हुन पाउनेछैनन् । १ अक्टोबरमा कोरोना पोजेटिभ भएकाले अबको दश दिनसम्म उनी आइसोलेसनमा बस्नुपर्ने हुन्छ । तर १५ अक्टोबरका लागि निर्धारित अर्को राजनीतिक बहसमा भने अझै पनि उनले भाग लिन सक्ने सम्भावना छ । 

Dabur Nepal
NIC Asia

आउँदो शुक्रबार फ्लोरिडामा सञ्चालन गर्ने भनिएको र्याली चाहिँ अहिलेका लागि रद्द गरिएको छ । त्यस्तै संवेदनशील जेष्ठ नागरिकहरुसँग भिडियो कन्फरेन्सको कार्यक्रम पनि स्थगित गरिएको छ । यसरी यी १० दिनबीच जतिपति समारोह तय भएको थियो सबै यतिबेला रद्द भइसकेका छन् । 

कस्तो अवस्थामा चुनावमा ढिलाइ गर्न सकिन्छ ?

ट्रम्प आइसोलेसनमा बस्नुले उनको चुनाव प्रचार अभियान प्रभावित हुने स्पष्ट छ । त्यसैले कस्तो अवस्थामा निर्वाचनको मिति पछि सार्न मिल्छ, भन्ने प्रश्न पनि धेरैले गरिरहेका छन् । 

परम्परागत र कानुनी हिसाबले अमेरिकी राष्ट्रपति चुनाव प्रत्येक चारवर्ष नोभेम्बरको पहिलो मंगलबारका दिन हुँदै आएको छ जुन यसवर्ष नोभेम्बर ३ मा पर्दछ । र यस निर्धारित मितिलाई परिवर्तन गर्ने अधिकार केबल अमेरिकी कानुन निर्माताहरुसँग मात्र छ जसबारे राष्ट्रपतिले केही गर्न सक्नेछैनन् ।  साथै यसका लागि संसदमा पूर्ण बहुमत आवश्यक हुनेहुँदा डेमोक्रेटद्वारा नियन्त्रित प्रतिनिधिसभामा यो स्वीकृत हुनु सम्भव देखिँदैन ।

ट्रम्प पदभार गर्न सक्षम भएनन् भने ?

अहिलेका लागि राष्ट्रपति ट्रम्पमा सामान्य लक्षण मात्र देखा परेको बताइएको छ तर यदि उनी आफ्नो जिम्मेवारी सम्हाल्न नसक्नेगरी बिरामी परे भने, यस्तो अवस्थामा अमेरिकी कानुनअनुरुप ट्रम्पले आफ्नो सबै जिम्मेवारी उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । जसको अर्थ माइक पेन्स कार्यबाहक राष्ट्रपति हुनेछन् र ठीक भइसकेपछि फेरि ट्रम्पले आफ्नो पद पुनः दाबी गर्न सक्नेछन् । 

तर राष्ट्रपति सत्ता हस्तान्तरण गर्न समेत नसक्ने अवस्थामा पुगे भने चाहिँ क्याबिनेट र उपराष्ट्रपतिले उनलाई कार्यभार जारी राख्न असक्षम भएको घोषणा गर्नेछ र पेन्सले उनको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । 

तर उपराष्ट्रपति पेन्स पनि असक्षम भएमा राष्ट्रपति पद उत्तराधिकार अधिनियम अन्तर्गत प्रतिनिधिसभाकी प्रवक्ता डेमोक्रेट पार्टीकी न्यान्सी पेलोसीले सत्ता ग्रहण गर्नेछिन् । संवैधानिक विशेषज्ञहरुका अनुसार यस किसिमको शक्ति स्थानान्तरणले कानुनी लडाईँ निम्त्याउन सक्छ । 

यसपछि न्यान्सी पनि राष्ट्रपतिको जिम्मेवारी उठाउन असक्षम वा अनइच्छुक भएमा वरिष्ठ रिपब्लिकन सिनेटर, ८७ वर्षीय चाल्र्स इ ग्रास्लेलाई राष्ट्रपति पद सम्हाल्न दिइनेछ ।  जसले पनि निश्चित रुपमा कानुनी लडाईँलाई बढावा दिनेछ । 

के कहिल्यै राष्ट्रपति पदभार गर्न असक्षम भएका छन् ?

१९८५ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगन क्यान्सरको शल्यक्रियाका लागि अस्पतालमा रहँदा उनले देशका सञ्चालनको काम उपराष्ट्रपति जर्ज डब्लु बुसलाई जिम्मा दिएका थिए । र २००२ अनि २००७ मा राष्ट्रपति जर्ज डब्लू बुसले पनि बिरामी पर्दा त्यसरी नै तत्कालीन उपराष्ट्रपतिलाई सत्ता सम्हाल्न दिएका थिए । 

ट्रम्प चुनावमा लड्न नसक्ने भए भने मतपत्रमा कस्को नाम राखिनेछ ?

जुनसुकै कारणवश् यदि पार्टीले चुनेको कुनै राष्ट्रपति उमेदवार सो भूमिका निर्वाह गर्न असमर्थ भयो भने त्यो अवस्थामा अपनाउनुपर्ने कानुनी प्रक्रियाहरु स्पष्ट उल्लेखित छन् । यसमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिए पनि उनी नै रिपब्लिकन पार्टीका निर्वाचन उमेदवार बन्नेछन् भन्ने जरुरी छैन । 

पार्टीको नियम अन्तर्गत रिपब्लिक नेस्नल कमिटी, आरएनसीका १६८ सदस्यहरुले नयाँ राष्ट्रपति उमेदवार चयन गर्न भोट गर्नेछन् जसमा पेन्स पनि उमेदवार हुन सक्छन् । र यस मार्फत पेन्स नै छनोट भएमा उपराष्ट्रपतिका लागि फेरि नयाँ उमेदवार चुन्नु पर्ने हुन्छ । हालसम्म रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीले कहिल्यै पनि आधिकारिक रुपमा छनोट गरिएका आफ्ना राष्ट्रपति उमेदवार बदलेका छैनन् । 

प्रारम्भिक मतदानको विषयमा केही अनिश्चितता भए पनि पहिलेदेखि निर्वाचित उमेदवारकै नाम मतपत्रमा राखिने प्रबल सम्भावना रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियाका कानुन प्रोफेसर रिक हसेन बताउँछन् । 

त्यस्तै कुनै उमेदवारले आफ्नो नाम फिर्ता लिने निर्णय गरेमा के हुन्छ भन्ने सम्बन्धी चाहिँ राजनीतिकविद् एवम् कानुनका प्रोफेसर रिचार्ड पेल्डसका अनुसार रिपब्लिकन पार्टीले उमेदवार बदल्न कानुनी आदेशको प्रतिक्षा गर्नुपर्ने हुन्छ तर व्यवहारिक रुपमा त्यसका लागि पर्याप्त समय छैन ।  त्यसकारण जे भए पनि अन्तिममा राष्ट्रपति ट्रम्प नै मतपत्रमा रहने निश्चित भएको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu