site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेत्री सुष्मिताकी छोरी रेने ‘सुत्ताबाजी’ बाट अभिनयमा डेब्यु गर्दै
Siddhartha BankSiddhartha Bank

एजेन्सी । अभिनेत्री सुष्मिता सेनले लामो समयपछि वेब सिरीज ‘आर्या’ बाट यसैवर्ष अभिनयमा कमब्याक गरेकी छन् । सिरज आर्याले राम्रो प्रतिक्रिया पाइरहेको छ भने सँगै सुष्मिताको कमब्याकको पनि प्रशंसा भइरहेको छ ।

यसैबीच सुष्मिताकी जेठी छोरी रेने सेन पनि अभिनयमा डेब्युको तयारीमा छन् । २१ वर्षीया रेने ‘सुत्ताबाजी’ मार्फत चलचित्रमा डेब्यु गर्ने भएकी छन् । चलचित्रको छायांकन शनिबारदेखि सुरु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘सुत्ताबाजी’ रुढीवादी सोचबारे एकअर्काबीच बिलकुल फरक विचार राख्‍ने आमा र छोरीको कथा हो । चलचित्रले महिला सशक्तिकरणको विषयवस्तुलाई उठाउने निर्माताले बताएका छन् । 

चलचित्रमा विद्रोही छोरीको भूमिका रेने सेनले निभाउँदै छन् भने कोमल छाबरिया र राहुल बोहरा उनको आमाबुबाको भूमिकामा देखिँदै छन् । यो कबीर खुरानाको डेब्यु फिचर फिल्म हुनेछ । भारतीय सञ्‍चारमाध्यमका अनुसार यो चलचित्र हलमा नभइ सीधै डिजिटल प्लेटफर्ममा रिलिज हुने सम्भावना छ ।

Global Ime bank

सुष्मिताकी जेठी छोरीको नाम रेने र कान्छीको नाम अलिशा हो । रेने र अलिशा दुबैलाई सुष्मिताले (एडोप्ट) गरेकी हुन् ।  - बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement