देश
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने बताए ।
उनका अनुसार विदेशबाट आउँदा वा विभिन्न जिल्लाबाट उपत्यकामा आउँदा अनिवार्य आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्नेछ । एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्