देश
काठमाडौं । होम आइसोलेसनमा रहेका भक्तपुरका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भक्तपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर नगरपालिका १, दूधपाटीका होम आइसोलेनमा रहेका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । गत भदौ १२ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । भक्तपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७ ११:०५
प्रतिक्रिया दिनुहोस्