देश
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा ६९८ मोटरसाइकल र १९५ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरेको हो ।
होल्ड गरिएका सवारी साधनलाई साँझ ८ बजेपछि मात्रै छाडिने महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए ।
तस्बिर : बाह्रखरी
निषेधाज्ञामा यस्तो देखियो उपत्यका (फोटो फिचर)
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७ १३:२८
प्रतिक्रिया दिनुहोस्