site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ट्रम्पले राष्ट्रपतिको जिम्मेवारीलाई 'रियालिटी शो' भन्दा फरक ठानेनन् : ओबामा
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई 'एक अर्को रियालिटी शो' का रुपमा लिएको आरोप लगाएका छन् ।

पूर्वराष्ट्रपति ओबामाले आफ्ना उत्तराधिकारी रिपब्लिकन राष्ट्रपति ट्रम्प 'ह्‍वाइट हाउसको जिम्मेवारी सम्हाल्ने गरी परिपक्‍व नभएको र त्यसको कारण ट्रम्प  अपरिपक्‍वता नै भएको' बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार राति फिलाडेलफियामा रहेको म्युजियम अफ अमेरिकन रिभोलुसनबाट सम्बोधन गर्दै ओबामाले भने, "डोनाल्ड ट्रम्पले काममा कुनै चासो देखाएका छैनन् । उनमा साझा स्वार्थ वा साझा भूमि फेला पार्ने प्रयास देखिँदैन । ह्‍वाइट हाउसको शक्तिशाली शक्ति उनले आफू र आफ्ना साथीलाई सहयोग गर्नबाहेक अरु कसैको सहयोगमा प्रयोग गरेका छैनन् ।"

ओबामाले थपे, "ट्रम्पमा राष्ट्रपतीय जिम्मेवारीलाई एउटा अर्को रियालिटी शो भन्दा फरक रुपमा व्यवहार गर्ने कुनै चासो देखिँदैन ।" ट्रम्पका कारण अमेरिकाको प्रजातान्त्रिक संस्थामाथि इतिहासमै सबैभन्दा ठूलो चुनौती आएको बताएका छन् । 

Global Ime bank

ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका ओबामाले बाइडेन अमेरिकाका लागि चाहिएको राष्ट्रपति बन्‍ने उनले बताए । 

सोमबार सुरु भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारको टिकट औपचारिक रुपमा प्रदान गरिएको छ । जो बाइडेनले ह्यारिसलाई आफ्नो 'रनिङ मेट' का रुपमा चयन गरेका हुन् । 

ओबामाले आफूमाथि गरेको टिप्पणीको ट्रम्पले ह्वाइट हाउसबाट प्रतिक्रिया दिएका छन् । उनले अमेरिकीहरुमा ओबामाले फैलाएको 'सन्त्रास' का कारण आफू निर्वाचित भएको ट्रम्पले बताएका छन् ।

पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए । भिडिओमार्फत पठाइएको सन्देशमा ट्रम्पले ओभल अफिसलाई 'लथालिंग' बनाएको क्लिन्टनको टिप्पणी थियो ।

डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले भने, "यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्थ्यो । तर त्यो आँधीको केन्द्र भएको छ । त्यो लथालिंग छ ।"

आगामी नोभेम्बर ३ मा बाइडेन-ह्यारिसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग प्रतिस्पर्धा गर्ने भएका छन् । -बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC