एजेन्सी । इङ्ल्यान्ड-पाकिस्तानबीचको टेस्ट सिरिजको दोस्रो खेल आजबाट सुरु हुनेछ । खेल साथउ ह्याम्पटनस्थित रोज बोउलमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।
पहिलो टेस्ट तीन विकेटले गुमाउँदै १-० ले पछि परेको पाकिस्तान दोस्रो टेस्टमा जित निकाल्न चाहन्छ । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सको अनुपस्थितिको पाकिस्तान फाइदा उठाउन चाहन्छ ।
स्टोक्स पारिवारिक कारण आफ्नो घर न्युजिल्यान्ड गएकाले उनी सिरिजका बाँकी खेलमा उपस्थित हुने छैनन् । यसैको फाइदा उठाउँदै पाकिस्तान सिरिजमा पहिलो जित निकाल्न चाहन्छ ।
स्टोक्सको अनुपस्थितिमा ब्याटिङतर्फ डोम सिब्ली र ओली पोपे मुख्य हतियार हुनेछन् । सिब्लीले पहिलो पारिमा दोहोरो अंकमा रन बटुल्न नसके पनि दोस्रो पारीमा भने ३६ रन जोडका थिए । उनले वेस्टइन्डिजसँगको टेस्ट सिरिजमा भने उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै ओलीले पहिलो पारीमा अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै पाकिस्तानका लागि बाबर आजम र शन मसुद मुख्य खेलाडी हुन्। आजामले पहिलो टेस्टको पहिलो पारीमा अर्धशतकीय पारी खेलेका थिए । तर, दोस्रो पारीमा उनी नाचल्दा पाकिस्तान सस्तैमा समेटिन पुगेको थियो । मसुदले पनि पहिलो पारीमा १५६ रनको उत्कृष्ट शतकिय पारी खल्दा दोस्रो पारीमा भने शून्य रनमा पेभिलियन फर्किएका थिए । तर, यी दुई खेलाडी ब्याटिङतर्फ पाकिस्ताका मुख्य हतियार हुन् ।
त्यस्तै बलिङतर्फ इङ्ल्यान्डका लागि स्टुवार्ड ब्रोड र क्रिस वोक्स मुख्य खेलाडी हुन् भने पाकिस्तानका लागि शाहिन अफ्रिदी र यसिर शाह मुख्य खेलाडी हुन् ।