देश
नयाँ दिल्ली । करिब दुई सय यात्रु बोकेको एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ ।
दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
भारती वर्षा भइरहेका बेला शुक्रबार साँझ करिब ७ बजेतिर विमान दुर्घटना भएको हो ।
कालीकट विमान दुर्घटनामा उद्धार कार्य भइरहेको जनाइएको छ ।
दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भइनसकेको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा देखाइ अनुसार उक्त विमान दुई टुक्रा भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७ २१:४९
प्रतिक्रिया दिनुहोस्