site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५ लाख रुपैयाँबराबरको हरियो मटर बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २, पौठाबाट चोरी–निकासी गर्न लागिएको हरियो मटर प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रूपमा चोरी–निकासी गरी को.१ख ४८८७ नम्बरको मिनी ट्रकमा ६ हजार २५० केजी मटर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसको मूल्य करिब पाँच लाख रुपैयाँ भएको र गोप्य सूचनाका आधारमा सीमा प्रहरी चौकी मायागन्जबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । 

प्रहरी टोली पुग्न साथ उक्त हरियो मटरसहितको मिनी ट्रक छाडेर चालक फरार भएको र चालकको खोजी जारी रहेको राईले बताए । बरामद हरियो मटरसहितको ट्रक इप्रका रंगेली ल्याई मूल भन्सार कार्यालय रानीमा पठाउने तयारी भएको पनि उनले बताए । 

राईका अनुसार हरियो मटर धनपालथान गाउँपालिका २ बस्ने दिलीप साहको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । उनी पनि फरार रहेको र खोजी पनि जारी रहेको डीएसपी राईले बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro