site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा बुधबार बिहानदेखि निषेधाज्ञा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

फाइल तस्बिर ।


जनकपुर । पछिल्लो समय समुदाय कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सर्लाहीमा पनि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान छ बजेदेखि लागु हुनेगरी साउन २७ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम सर्लाही जिल्लाभर लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीले चार बुँदे आदेश जारी गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकबाट यो निर्णय गरिएको प्रजिअ पौडेलले बताए । 

औषधोपचार, खाद्यान्न वस्तु खरिद र पेट्रोलियम पदार्थ खरिद जस्ता अतिआवश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन सार्वजनिक सूचना मार्फत निर्देशन दिइएको छ । त्यस्तै, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध तथा खाद्यान्न ढुवानी गर्ने सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने बाहेक मोटरसाइकलसमेत कुनै सवारी साधन सडकमा ननिकाल्न र बिना कुनै काम पैदल समेत सडकमा नहिँड्न निर्देशन जारी गरिएको छ । 

Royal Enfield Island Ad

‘अतिआवश्यक उपभोग्य सामग्री बिक्री गर्ने स्थायी प्रकृतिका पसल, इन्धन पसल, डिपो र औषधी पसल बाहेक दैनिक वा साप्ताहिक  हाटबजार, मेला नलगाउने । आर्थिक, राजनैतिक, सामाजिक, आर्थिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा, सम्मेलन भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने’ प्रजिअ पौडेलले जारी गरेको सूचनामा उल्लेख छ । 

यसअघि प्रदेश २ को राजधानी जनकपुरधाम उपमहानगरपालिका र टाँसिएरै रहेको क्षिरेश्वरनाथ नगरपालिका, पर्साको वीरगंज महानगरपालिका तथा सप्तरीको राजविराज नगरपालिकामा जारी गरिएको निषेधाज्ञा निरन्तर कायमै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro