विशेष
![पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु](https://12khari.top/uploads/posts/2020-07-21_Pahiro1.jpg)
काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
सोमबार राति त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना खाँड र दुई वर्षीय छोरा रहेका धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।
घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउने काम गरिरहको र राहतका लागि आफूसहितको टोली घटनास्थलतर्फ गइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
उनका अनुसार धादिङमा पर्ने पूर्वपश्चिम राजमार्गमा नौ स्थानमा पहिरो गएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७ ०८:०८
प्रतिक्रिया दिनुहोस्