site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निकिता पौडेल भन्छिन– मेरो खातामा कति पैसा छ सोधेकाे भए बताइदिन्थे नि !

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो बैंक खातामा भएको पैसाबारे भ्रम छरिएको बताएकी छन् । सञ्चारमाध्यममा निकिताको बैंक खाताबाट कारोबार भएको पैसाबारे विभिन्न समाचार आएपछि मंगलबार उनले आफूले आफ्नो सबै बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेको बताएकी छन् ।

"कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेबारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ," उनले भनेकी छन् ।

उनले आफूहरूले अझै प्रमाण कुरिरहेको पनि बताएकी छन् । "मेरो श्रीमान्‌ले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाणमात्रै देऊ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ," उनको भनाइ छ ।

निकिता फेसबुकमा लेख्छिन्–

आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नुभयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।' 

मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।'

बुवा–छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे ।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेबारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ ।

खाता मेरो हो । यति–उति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मूकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु ।

मेरो श्रीमान्‌ले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाणमात्रै देऊ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro