काठमाडौं । एनएमबि बैंक र जडीबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहित विविध क्षेत्रका गतिविधिमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडीबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरू– साना तथा मझौला उद्योग, कृषि, जलस्रोतलगायत उद्यमशीलता विकासमा स्थानीय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।