site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
SkywellSkywell

हेटौंडा । वाग्मती प्रदेशसभाको आइतबार अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ । 

उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टलले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

Dabur Nepal
NIC Asia

सोही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गरेको थियो । 

प्रहरी विधेयक पारित गरिएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले रासससँग सङ्क्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनका साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकामा खुशी व्यक्त गरे । 

प्रदेशसभाका सभामुख सानुकमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि साउन ६ गते दिनको २:०० बजे बस्ने जानकारी दिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro