site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शैक्षिक प्रमाणपत्रमा कृषि ज्ञान केन्द्र डडेल्धुराका सब–इन्जिनियर विक दोषी ठहर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कृषि ज्ञान केन्द्र डडेल्धुराका सब–इन्जिनियर लालबहादुर विक नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गत भदौ २४ मा दायर गरेको मुद्दामा विशेष अदालतले सोमबार फैसला गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विकलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला गरेको हो ।

झुट्टा तथा नक्कली शैक्षिक प्रमाण–पत्र पेस गरी नियुक्ति लिएका बिकले अदालतमा कसुर स्वीकार गरेपछि अदालतलाई स्वीकार गरेको भन्दै अदालतले कानुनअनुसार हुने न्यूनतम सजाय तोकेको हो । त्यसबाहेक बिकले ४०० रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro