site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा ३३ प्रतिशत सङ्क्रमित निको

कैलाली । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझसम्म यहाँका नौवटै जिल्लामा गरेर तीन हजार ७५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यहाँ पहिलोपटक गत चैत दोस्रो साता दुबईबाट घर फर्किएका कैलालीको धनगढीका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । 

निर्देशनालयका अनुसार हालसम्म कोरोना पुष्टि भएका एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । पिसीआर विधिबाट कोरोना परीक्षणका लागि २६ हजार ९९१ जनाको स्वाब सङ्कलन गरिएकामा शनिबारसम्म ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ कोरोना जित्नेको दायरा बढ्दै गइरहेको बताउनुभयो । “अन्यत्रभन्दा यहाँ निको भएर जाने अवस्था निकै सन्तोषजनक छ”, उनले भने, “हामीले यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।”

उनले सुदूरपश्चिममा क्वारेन्टिनमा रहेका नागरिकको पिसिआर विधिबाट परीक्षणका लागि नमूना सङ्कलन भइरहेको बताए । यहाँका स्थानीय तहका क्वारेन्टिनमा हाल चार हजार ९७३ जना भारतलगायत बाहिरबाट आएर बसिरहेका छन् । “जेठमा यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्या ६६ हजारभन्दा बढी थियो”, निर्देशक डा अवस्थीले भने, “अहिले भारतबाट आउनेको सङ्ख्यामा पनि कमी आएको छ ।” 

उनले भिडिएमलगायतका स्वास्थ्य उपकरण अभावका कारण स्वाब सङ्कलनमा केही ढिलाइ भइरहेको बताउनुभयो । “कैलाली जिल्लाका क्वारेन्टिनमा रहेकाको स्वाब सङ्कलन आज करिब ७० प्रतिशत सकिन्छ”, अवस्थीले भने, “अन्य जिल्लामा पनि सङ्कलन कार्य भइरहेको छ ।” 

उनले भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसेका कम्तीमा एक हप्तापछि स्वाब सङ्कलन गर्ने गरेको बताए ।

“क्वारेन्टिनमा बस्नासाथ स्वाब सङ्कलन गर्न मिल्दैन”, उनले भने, “कम्तीमा सात दिन भएकै हुनुपर्छ ।” 

निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये दुई हजार ८९० पुरुष र ८६८ महिला रहेका छन् । सङ्क्रमितमध्ये ८१ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् । - रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  २३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro