site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
अमिताभको पुरानो भिडियो भाइरल
SkywellSkywell

एजेन्सी । कोरोना भाइरस संक्रमणपश्चात् अभिनेता अमिताभ र उनका छोरा अभिषेक बच्चन मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका छन् । आफूमा कोरोना संक्रमण भएको जानकारी अमिताभ र अभिषेकले ट्विट गर्दै दिएका थिए । 

यसैबीच अमिताभले इन्टग्राममा राखेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा अमिताभले टाउकोमा सेतो फेटा बाँधेका छन् । भिडियोमा अमिताभले हामी चाँडै यो समयबाट पार हुने भन्दै नानावटी अस्पतालका डाक्टरलाई भगवान्‌को संज्ञासहित धन्यवाद दिएका छन् ।

Dabur Nepal
NIC Asia

साथै उनले निराश नभई आशावादी भएर अघिबढ्न पनि सुझाएका छन् । अमिताभको सकारात्मक शब्दले भरिएको उक्त भिडियो उनका दर्शकले निकै रुचाएका छन् । उनको यो भिडियो बाहिरएसँगै दर्शकमा यो उनको पछिल्लो समयको भिडियो हो कि भन्ने आशंका देखिएको छ । 

नवभारत टाइम्सका अनुसार अहिले भाइरल भएको अमिताभको भिडियो हालसालैको नभएको उल्लेख गरेको छ । नानावटी अस्पतालका अनुसार अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  (नवभारत टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro