site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वर्षातले तीन गाउँपालिका प्रभावित
Siddhartha BankSiddhartha Bank

ललितपुर । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ ।

यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका वडाध्यक्ष साजनदर्लामी मगरले बताए । उनले भने, “हिजोको अविरल वर्षाले पहिरो गई यसै वडाको सानोचिल्ला भन्ने स्थानका केशव तिमल्सिनाको घर पहिरोले पुरिएको छ । पहिराले घर पुरिँदा दुई मानिस भाग्न सफल भइ सकुशल छन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सो वडाको बेसरी बस्तीका २० घरपरिवार जोखिममा परेको जनाइएको छ । उनले भने, “यस वडाबाट हप्ताको तीन ट्रक तरकारी र दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन भएर बजार जाने गथ्र्यो, सो अहिले त्यसै रहन बाध्य छ ।”

महाँकाल गाउँपालिका वडा नं ३ गोटिखेलका दुई घर र वडा नं ४ कालेश्वरको एक गरी तीन घर जोखिममा परेको निवेदन गाउँपालिकामा आएको अध्यक्ष रामचन्द्र दाहालले बताए । उनले भने, “यहाँका बढीजसो सडक पहिरोले अवरुद्ध हुँदा बजार आउनुपर्ने सम्पूर्ण सामग्री त्यसै रहन बाध्य भएका छन् ।”
      
कोञ्ज्योसोमको वडा नं २ शङ्खु र वडा नं ३ दलचोकीमा वर्षाले समस्या पारिरहेको गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताए । उनले भने, “शङ्खु कृषि र पशुपालनको पकेट क्षेत्र रहँदा दैनिक यहाँबाट बजार जाने रु सात लाख बराबरको दूध र तीन गाडी तरकारीलाई किसान त्यसै घरमा राख्न बाध्य भएका छन् ।” 

Global Ime bank

यसैगरी गत जेठ १३ गते आएको ठूलो हावाहुरीले महाँकाल र वाग्मतीमा क्षति पुर्‍याएको थियो । महाँकालको वडा नं ६ ठूलादुलुङमा मात्र ९० प्रतिशत रु ४० लाख बराबरको अन्न र मकैबाली, रु दुई लाख बराबराको केराखेती र ३० तरकारीका टनेल पूर्णरूपमा नोक्सान भएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी गराए । 

वाग्मतीको वडा नं ७ गिम्दीमा पनि हावाहुरीले क्षति पुर्‍याउँदा ७० प्रतिशत मकैबाली नष्ट भएको थियो । वाग्मतीमै फौजी किराको प्रकोपले वडा नं १ घुसेल, २ माल्टा, ४ प्युटार र ६ आश्राङको मकैबालीमा असर पारेको जनाइएको छ । - रासस


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ०३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय