site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाहुना बनेर साथीको घरमा पुगेर चोरी गर्ने महिला पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापा छिन् ।

उनलाई कास्की प्रहरीले सुनको गरगहना र २९ हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनी पाँच दिनअघि पक्राउ परेकी हुन् ।

थापाका अनुसार दिपाले फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको खुलेको छ । एसपी थापाले भने, “फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ । साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो ।”

प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ । पोखरामै अन्य व्यक्तिको घरमा समेत त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन् ।

उनीमाथि चोरी मुद्दामा कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro