site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन : श्रममन्त्री अर्याल
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन् । 

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन् । “मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन । मुलुकका राजनीतिक पार्टीका नेताहरूले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनले विदेशबाट स्वदेश फर्किएका नेपालीे फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने धारणा राखे । 

सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro