राजनीति
![जीतेन्द्रनारायण देव एमालेमा प्रवेश](https://12khari.top/uploads/posts/qfedsagm-1719828722.jpg)
काठमाडौं । नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र सोमबार एमालेमा प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराए ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १५:५७
प्रतिक्रिया दिनुहोस्