site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राज्यको सुविधाबाट वञ्चित गरिँदैन : गृहमन्त्री 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगरिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले २८ जिल्लामा मात्र आउँदो भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाउनका निम्ति समय दिइएको जानकारी गराए ।

Agni Group
NIC Asia

भदौ मसान्तसम्म पनि राष्ट्रिय परिचयपत्र बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा सुविधाबाट वञ्चित नगरिने उनले स्पष्ट पारे । सूचना पाउनासाथ सबैजना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै उनले हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको उनले उल्लेख गरे । अशक्त, बिरामी, ९० वर्षमाथिका वृद्धवृद्धा र बालबालिकाका निम्ति विशेष व्यवस्था गरिने उनले बताए ।

Global Ime bank

गृहमन्त्री रवि लामिछानेको जवाफ पढ्नोस्–
भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएन छ भने पनि पहिलो चरणमा २८ जिल्लाहरूमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरूसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईंले प्राप्त गर्ने, राज्यले दिने सेवा सुविधाबाट आमनागरिकहरू वञ्चित हुनु पर्दैन । कथम्कदाचित् कसैको भदौसम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु– राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिले पनि विमुख पार्दैन । अहिले छिटै बनाउने, सपरिवार एकैपटक बनाउने भएका कारणले लाइन लाग्न गएको छ । जसको व्यवस्थापनमा अतिरिक्त मानव संशाधनको प्रयोग गरिएको छ, जिल्ला प्रशासन कार्यालयमार्फत । स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ । सूचना लिनेबित्तिकै छिटो गरौँ भन्ने स्वभावका कारणले भीडभाड अवश्य पनि लागेको छ । भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन । तत्काल गर्नुपर्ने आवश्यकता नै छैन । पहिला २८ जिल्लामा यसलाई कार्यान्वयन गर्ने चरणमा गएका छौँ । २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईंलाई तपाईंको अधिकारबाट वञ्चित गर्दैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय