site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्री श्रेष्ठ भन्छिन्– शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् । आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

“जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहिन्नँ । दलीय राजनीति हटाएरै छोड्छु,” उनले भनिन् ।

Dabur Nepal
NIC Asia

मन्त्री श्रेष्ठले राजनीतिक दलको भातृसंस्थाले तालाबन्दी गर्ने अनि उत्तरपुस्तिका समयमा ‘चेक’ किन भएन भनेर प्रश्न गर्नु उचित नहुने बताइन् ।

“शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ । आफनो निर्वाचन क्षेत्रमा टिचर गएको छ/छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस् । कारबाही त गर्नुपर्‍यो नि,” उनले भनिन् ।

विद्यालयमा तालाबन्दी गरेर विद्यार्थीको पढ्ने अधिकार कसैले खोसे कारबाही गर्ने र त्यो नीति बनाउँदै गरेको उनले जानकारी गराइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro