site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ ओटीटीमा रिलिज हुने
Siddhartha BankSiddhartha Bank

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुत आफूले अभिनय गरेको अन्तिम चलचित्र दर्शकसामु नआउँदै संसारबाट बिदा भएका छन् ।

उनको अन्तिम अभिनय मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ रहेको छ । जुन रिलिज हुन बाँकी नै छ । 

Agni Group
NIC Asia

तर, अब यो चलचित्र हलमा नभई डिजिटल प्लेटफर्ममै आउने भएको छ । लकडाउनका कारण रोकिएका अरु चलचित्रसँगै सुशान्तको अन्तिम अभिनय रहेको ‘दिल बेचारा’ पनि ओटीटीमा रिलिज हुने भएको हो ।

यस चलचित्रमा सुशान्त र संजना सांघी मुख्य भूमिकामा छन् । अभिनेता सैफ अली खानको पनि महत्त्वपूर्ण भूमिका रहेको यस चलचित्रको रिलिज २०१९ को नोभेम्बरमा तोकिएको थियो ।

Global Ime bank

निर्धारित मितिमा रिलिज हुन नसकेपछि ८ मे का लागि दोस्रो पटक रिलिज मिति तोकिएको थियो । तर, कोरोनाको कहरका बीच उक्त मितिमा पनि रिलिज नहुने भएपछि अन्तत: डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागिएको हो । 

‘दिल बेचारा’ हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो ।

हलमा रिलिज भएको सुशान्तको अन्तिम चलचित्र ‘छिछोरे’ हो । यो चलचित्र २०१९ को ६ सेप्टेम्बरमा रिलिज भएको थियो । नितेश तिवारीको निर्देशनमा बनेको यस चलचित्रमा सुशान्त र श्रद्धा कपुर पहिलो पटक अनस्क्रिन जोडी बनेका थिए ।

५० करोड बजेटमा बनेको यस चलचित्रले दर्शकको मायाले २०० करोड कलेक्सन गर्न सफल बनेको थियो । 
(नवभारत टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu