site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

फाइल तस्बिर ।


काठमाडौं । बंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो ।

ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

निगमको पूर्वनिर्धारित तालिकाअनुसार निगमको जहाजले सोमबार माल्दिभ्सको मालेबाट नेपाली ल्याउनेछ । विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौँ उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको क्वारेन्टिन स्थलमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पुर्‍याएर गन्तव्यमा पठाइनेछ ।

विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको हो । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । 

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । - रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro