site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हिन्दी मिडियम’ बिस्तारै बक्स अफिसको लयमा फर्कँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोहित सुरीको ‘हाफ गर्लफ्रेन्ड’सँगै रिलिज गरेर चलचित्र ‘हिन्दी मिडियम’ ले दर्शकलाई पनि अचम्मित बनाएको थियो । तर इरफान खानको यो निर्णय सामान्य नै रह्यो । ‘हिन्दी मिडियम’को तुलनामा ‘हाफ गर्लफ्रेन्ड’ले बक्स अफिसमा राम्रो गर्ने निश्चित थियो । ‘हिन्दी मिडियम’ले कमजोर सुरुआत गरे पनि इरफान खानका कारण दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । चलचित्रले बिस्तारै बक्स अफिसमा पकड जमाउँदैछ । 
खासखबरका अनुसार दर्शकले चलचित्रलाई निकै प्रशंसा गरेका छन् । कथामा ताजगी र उम्दा अभिनय साकेत चौधरीको सही निर्देशनले दर्शकलाई आकर्षित गरेको छ । 
पहिलो दिन चलचित्रले २ करोड ८१ लाखको कारोबार गरेको थियो । दोस्रो दिन ५१ प्रतिशत वृद्धि गर्दै ४.२५ करोडको कमाइ गर्यो । आइतबार तेस्रो दिन चलचित्रले बक्स अफिसमा ५.५० करोड कमाइ गरेको छ । आफ्नो पहिलो विकेन्डमा चलचित्रले १२.५६ करोडको कारोबार गरेको छ । दर्शकका साथै निर्माताको अपेक्षा अनुसार चलचित्रले राम्रै कमाइ गर्ने संकेत दिएको खासखबरले लेखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC