site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा दुई सय बेडको कोरोना अस्पताल बन्दै

विराटनगर । झापाको भद्रपुरमा अस्थायी कोभिड १९ अस्पताल निर्माण गर्न स्थानीय सहमत भएका छन् । प्रदेश १ मा अहिले सबैभन्दा धेरै संक्रमित भएको जिल्ला झापा हो । त्यहाँ कचनकवल गाउँपालिकामा मात्र एक सय संक्रमित फेला परेका छन् । 

प्रारम्भमा अस्थायी कोरोना उपचार अस्पताल बनाउने विषयमा जनस्तरबाट विरोध भएको थियो । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डअनुसार अस्पताल निर्माण हुने भए आपत्ति नहुने भन्दै स्थानीयले सहमति जनाएका छन् । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्पताल सञ्चालन गर्न भनिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सम्बोधन गर्दै झापामा आइसोलेसन बेड थपेर कोरोना उपचार केन्द्र सञ्चालन गर्ने जानकारी गराएका थिए । त्यहाँ दुई सय बेडको अस्पताल सञ्चालन गर्ने सरकारको तयारी छ । तर, स्थानीयले भने संक्रमण समुदायमा फैलने भन्दै विरोध गरेका थिए ।

स्थानीय रूपमा छलफल गरी गठन गरिएको कोरोना अस्पताल नागरिक सरोकार समाज मेचीले आपत्ति जनाउँदै विरोध गरेको थियो । तर, डब्ल्यूएचओको मापदण्डअनुरूप अस्पतालको निर्माण गर्न आग्रह गरिएको बताउँदै समाजका संयोजक भक्त खवासले भने, “हाम्रै जिल्लामा अधिक संक्रमित देखिएका छन् । अब विरोध गर्नुभन्दा पनि सुरक्षित तरिकाले अस्पताल सञ्चालन होस् भन्ने हाम्रो पनि चाहना छ ।” मेची अस्पतालको साटो अलग्गै भवनमा कोरोना अस्पताल बनाए आपत्ति नहुने उनले स्पष्ट गरे ।

वरिपरि संक्रमण फैलिने त्राससँगै मेची अस्पतालमा आउने विपन्न परिवार सेवाबाट वञ्चित गर्न नहुने आफूहरूको ठहर भएको खवासले बताए । जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पीसीआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरिसकेको छ । तर, नयाँ भवनमा कोरोना उपचार केन्द्र बन्ने भएपछि स्थानीयबाट विरोध भएको थियो । 

प्रदेशसभामा नेकपाका सांसद श्रीप्रसाद मैनालीले पनि संक्रमितको संख्या बढेसँगै विशेष सेवासहितको उपचार सेवा र परीक्षणका लागि झापामै पीसीआर ल्याब सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए । मैनाली भन्छन्,“उतै परीक्षण गर्ने प्रबन्ध भयो भने तुरुन्त रिजल्ट थाहा हुन सक्छ । यसबाट उपचारमा पनि सहजता आउँछ ।”

भद्रपुबासीले स्थानीसँग छलफल नै नगरी एकलौटी ढङ्गले निर्णय भएको भन्दै विरोध गरेका थिए । भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारततेन्दुकुमार मल्लिक कोरोना अस्पताल झापावासीका लागि आवश्यक रहेको बताउँदै भन्छन्, “झापाका बिरामी उपचार गर्न अस्पताल त चाहिएकै छ । तर निर्माणाधीन भवन वा अर्को कुन स्थान भन्ने सोचविचार गरी सहमतिसाथ निर्णय हुनुपर्छ ।”

झापामा अहिलेसम्म १११ जना कोरोना संक्रमित फेला परिसकेका छन् । उनीहरूको धरान र विराटनगरमा उपचार भइरहेको छ । वस्तुस्थिति बुझ्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार झापा पुगेका थिए ।

क्याप्सन : कोभिड अस्पताल सञ्चालन गर्ने भनिएको मेची अस्पतालको निर्माणाधीन भवन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro