site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काइली जेनर बिलिनियर नभएको फोर्ब्सको दाबी
Siddhartha BankSiddhartha Bank

एजेन्सी । टिभी स्टार र उद्यमी काइली जेनर अहिले चर्चामा आएकी छन् । फोर्ब्स म्यागजिनले गरेको खुलासाका कारण काइली चर्चामा तानिएकी हुन् । काइलीलाई ‘योङगेस्ट सेल्फ मेड बिलेनियर’ घोषित गरेको फोर्ब्स म्यागजिनले अब यो कुरा गलत भएको बताएको छ ।

काइलीले झुट बोलेर आफूलाई त्यो सूचीमा पारेको दाबी फोर्ब्सले गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फोर्ब्सले २०१९ को मार्च संस्करणमा २१ वर्षीय काइली कम उमेरका बिलेनियर घोषित गरेको थियो । तर, शुक्रबार म्यागजिनले काइलीले उसको कस्मेटिक कम्पनीको आम्दानीको बारेमा दिएको जानकारी गलत भएको बताएको छ । काइलीले गत साल उनको कम्पनीले ३०० डलरको व्यापार गर्न सफल भएको बताएको तर उक्त वर्ष उनको कम्पनीले मात्रै १२५ मिलियन डलरको मात्रै व्यापार गरेको फोर्ब्सले दाबी गरेको छ । 

फोर्ब्सले उनको कम्पनी त्यति धेरै नाफा गर्नेखालको नभएको र ‘सेल ट्याक्स’ काटेर उनको नाफाको रकम मात्रै हेर्ने हो भने उनी बिलिनियर पनि नभएको दाबी फोर्ब्सले गरेको छ । 

Global Ime bank

फोर्ब्सको यस घोषणापछि काइलीले ट्विट गर्दै मसँग कति पैसा छ त्यसको स्पष्टीकरण दिइराख्नु भन्दा मसँग अरू १०० महत्त्वपूर्ण काम छन् भन्दै फोर्ब्सको दाबीमा आफ्नो भनाइ पोखेकी छन् ।
(नवभारत टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement