site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन : कांग्रेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । “सरकारकाले बजेट प्रचारमुखी मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन । जनताको जीवनरक्षा गर्ने खालको छैन । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौं,” बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उनले बताए । “कार्यान्वयन गर्न सक्ने अवस्था छैन । आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ,” उनले भने, “यतापट्टि सरकारको सजकता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षणमै सकिन्छ ।”

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए । भाषण मीठो भए पनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए ।

Global Ime bank

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरू समेटिन नसकेको बताए । अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भए पनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए । 

अर्का नेता मीनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भए पनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए । 

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेको नेताहरूको समेत सहभागिता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement