अर्थ व्यवसाय
काठमाडौं । सार्वजनिक ऋण बढेर ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ । मंगलबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २०७६ फागुन मसान्तसम्म सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब पुगेको बताएका हुन् ।
२०७६ असार मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड थियो ।
तिर्न बाँकी कुल ऋणमा आन्तरिक तर्फ ४ खर्ब ४० अर्ब ५ करोड र बाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड रहेको अर्थमन्त्रीले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७ १६:०६
प्रतिक्रिया दिनुहोस्