विशेष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र नेपाली ल्याउन सजिलो नभएको बताएका छन् ।
संसद्मा नीति तथा कार्यक्रमको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विदेशबाट नेपाली ल्याउन कतारले नेपालबाट आफ्ना नागरिक लगेजस्तो सरल नभएको बताएका हुन् ।
उनले कतार, बहराइन, साउदी अरेबिया लगायत मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिसँग कुरा गरेको बताउँदै नेपालीलाई ती देशले सहयोग गर्ने आश्वासन दिएको, आफ्ना नागरिकसरह व्यवहार गर्ने बताएको जानकारी दिए ।
उनले बाहिरबाट नागरिक ल्याएर अहिले व्यवस्थापन गर्न क्वारेन्टाइन गर्न समस्या हुने बताए ।
अहिले वास्तवमै पीरमर्का परेका विदेशमा रहेका नागरिकलाई सरकारले उद्धार गर्ने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७ १४:४५
प्रतिक्रिया दिनुहोस्