site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
औषधि व्यवसायीको शंकास्पद मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । विराटनगरमा एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार विराटनगर महानगरपालिका १०, मधुमारा बस्ने वर्ष ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्युबारे प्रहरीले मिहीन ढंगले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । भने, ‘‘हामीले घटनालाई सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएका छौं ।’’

शनिबार राति सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएको भन्दै श्रीमती र अन्य साथीले उनलाई बिहान ३ बजे कोसी अस्पताल लगेका थिए । तर, उनको शरीरमा चोटपटक देखिएको बताइएको छ । मृतक दुलालका श्रीमती र आठ वर्षका छोरा छन् ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ । सुनसरीको इटहरी स्थायी घर भएका दुलाल विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । उनले देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement