site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा श्रीमणकुमार गौतम नियुक्त भएका छन् ।

यसअघि समितिको अध्यक्षमा कांशीराज दाहाल थिए । कार्यकाल सकिएपछि उनले एक महिनाअघि अवकाश पाइसकेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा गौतमलाई नियुक्त गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् ।

दुई पक्षीय वार्ताका लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधिमण्डल गठन हुने उनको भनाइ छ ।

मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गर्ने निर्णय पनि भएको छ ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro