site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ब्रिटेनको अरबपति म्युजिसियनको सूचीमा रिहाना
Sarbottam CementSarbottam Cement

ब्रिटेन । हाल लन्डनमा बस्दै आएकी बारबेडियन पप गायिका रिहाना लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको ब्रिटेनका अरबपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन् । 

गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै ४६८ युरो मिलियनसहित उनी ब्रिटेनका अरबपति म्युजिसियनहरूको तेस्रो स्थानमा पर्न सफल भएकी हुन् । 

यो लिस्टको पहिलो स्थानमा ८०० युरो मिलियनसहित एन्ड्रयु लोयड वेबर र पल म्याककार्टनी पहिलो स्थानमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गायिका, नायिका, लेखक तथा व्यवसायी रिहानाको कमाईको धेरै प्रतिशत ‘फेन्टी ब्युटी’ नामक कसमेटिक ब्रान्डबाट हो । उक्त ब्रान्डमा भएको उनको १५ प्रतिशत हिस्सा ३५१ मिलियन युरो रहेको बताइएको हो । 

सन्डे टाइम्सको वार्षिक अरबपतिको लिस्ट तयार पार्ने रोबर्टले रिहानाको यो स्थानले सबैलाई अच्चमित बनाएको बताए । 

Global Ime bank

उनले भने, “रिहाना लन्डनमा बस्छिन् भन्ने कुरा कमैलाई थाहा छ । अब उनी युकेका अरबपति म्युजिसियनको पहिलो स्थानमा पर्न सक्छिन् ।”

३२ वर्षीय गायिका रिहाना ब्रिटेनका अरबपति म्युजिसियनको लिस्टमा पर्ने युवा गायिका हुन् । 

उनीपछि यस लिस्टपभित्र पर्ने युवा म्युजिसियनहरूमा गायक एडी सिरन र र गायिका एडेल पनि टप ४० अन्तर्गत छन् ।

अरबपति म्युजिसियनको लिस्टमा पर्न सफल भए पनि उनले विगत ५ वर्षदेखि कुनै नयाँ एल्बम बजारमा ल्याएकी  छैनन् । 

ब्युटि ब्रान्डका कारण यस लिस्टको तेस्रो स्थान ओगटन सफल उनी पछिल्लो समय यसमै सक्रिय छन् । (बीबीसी)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय