site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा अब दैनिक एक लाखको कोरोना परीक्षण गरिने, संक्रमितको संख्या ७० हजारभन्दा बढी
SkywellSkywell

नयाँ दिल्ली । भारतमा अब दैनिक एक लाख जनाको कोरोना संक्रमण परीक्षण गरिने भएको भारतीय स्वास्थ्य मन्त्री डा. हर्ष भर्दनले जनाएका छन् । 

उनले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम अर्थात् ३ दशमलब २ प्रतिशत रहेको उनले जानकारी दिएका छन् । उनले भने, "हरेक दिन कोरोना संक्रमणबाट निको हुने दर बढिरहेको छ । आजसम्म कोरोना संक्रमणबाट निको हुनेदर ३१ दशमलब ७ प्रतिशत रहेको छ ।" 

Dabur Nepal
NIC Asia

उनले आफूले पहिलेदेखि नै दैनिक एक लाखमा कोरोना परीक्षण गरिने बताउँदै आएकोमा मंगलबार ८६ हजार १९१ को कोरोना परीक्षण गरिएको जानकारी दिए । 

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७० हजार ७५६ पुगेको छ भने २२ हजार ४५५ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् । हालसम्म कोरोना संक्रमणबाट दुई हजार ३१० जनाको मृत्यु भएको छ । - एएनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu