site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुरुवादेखि अलपत्रलाई खाना (तस्बिरसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । अरुण न्यौपानेको घरमा गाँसबास छैन । बिहानै निस्किएका उनी अबेर रातमात्र घर पुग्छन् । अब त घरका मानिसहरूले पनि केही भन्न छाडिसके । “यस्तो महामारी र संकटका बेला किन बाहिर निस्कनुप¥यो ? सबै घरभित्रै बसेका छन्,” न्यौपानेले भने, “यस्तै भन्नुहुन्थ्यो परिवारका सदस्यले । म बाहिर निस्किएकामा असन्तुष्टि थियो तर मेरो काम देखेर अब टीकाटिप्पणी हुन छाडेको छ ।” 

लकडाउन सुरु भएको एक सातापछि बाटै न्यौपाने स्वयंसेवी काममा सक्रिय बनेका हुन् । यो क्रम निरन्तर चलिरहेको छ । न्यौपाने र उनको समूहले विराटनगरको नोबेल अस्पतालमा कुरुवाले खाना पाउन छाडेपछि खानाको प्रबन्ध गर्दै आएका छन् । अस्पतालको क्यान्टिनले मागअनुसार खाना वितरण गर्न नसकेपछि आफूहरूले कुरुवा र बिरामीलाई खाना दिन शुरु गरेको न्यौपोनले सुनाए । अस्पताल परिसर बाहिरका होटलसमेत बन्द भएपछि बिरामी र तिनका आफन्त समस्यामा परेका थिए । नोबेल प्रदेश १ कै ठूलो अस्पताल हो । अरुण र उनको समूहले दैनिक दुई सय जनालाई खाना खुवाउँदै आएको छ ।

आफ्नै पहलमा खाना बनाएर वितरण गर्न सक्रिय बनेका न्यौपाने नेपाली कांग्रेस विराटनगर महानगर समितिका कावा सभापतिसमेत हुन् । न्यौपाने भन्छन्, “अपराह्नतिर सबै साथीभाई जुटेर खाना बनाउँछौं त्यसलाई प्याक गरेर कुरुवा र बिरामीका आफन्तलाई वितरण गर्छौं ।” उनीहरूको काममा प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले पनि बेलाबेलमा सघाउँदै आएका छन् । राजनीतिक कार्यकर्ताका रूपमा नभएर स्वयंसेवी रूपमा आफूहरूले यो काम गरेको न्यौपानेले सुनाए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सञ्जय थापाको नेतृत्वमा युवाहरूको एउटा समूह दिउँदो २ बजेपछि विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरको मेसमा खाना बनाउन व्यस्त हुन्छ । उनलाई कृष्ण कार्की, खेम थापा, अनिल रिजाल र सन्तोष न्यौपानेले सघाइरहेका हुन्छन् । यो समूहले कोसी अस्पतालका बिरामी र तिनका कुरुवालाई खाना वितरण गरिरहेका छन् । थापा भन्छन्, “हरेक दिन दुई अढाइ सय जति मानिसलाई प्याक गरेको खाना विरतण गरिरहेका छौं ।” उनीहरूले राजमाको सब्जी र बिरयानी बनाएर प्याक गरेर वितरण गरिरहेका छन् । अस्पतालका चिकित्सकले पनि युवाले वितरण गरेको खाना मीठो मानेर खाइरहेका छन् । यो काममा कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीले पनि साथ दिएकी छन् । तरुण दल मोरङका सभापतिसमेत रहेका थापा भन्छन्, “संकटका बेला मौसमी स्वयंसेवको खडेरी हुन्छ तर हामी राजनीतिक दलको भ्रातृसंगठनको नेतृत्वमा भए पनि राजनीतिक रूपमा नभएर स्वयंसेवकका रूपमा खटिएका हौं ।” थापाले यो काममा समाजबाट सकारात्मक सहयोग मिलेको सुनाए । 

आफूहरूले विराटनगरमा खटिने सुरक्षाकर्मीहरूलाई पनि दिउँसोको खाजा खुवाउने गरेको सांसद कार्कीले बताइन् । यो विल्कुलै स्वयंसेवी कार्य भएको उनको भनाइ छ । भनिन्, “विशुद्ध सामाजिक कामका रूपमा अस्पतालमा उपचार गराउन भर्ना भएका बिरामी र तिनका परिवारलाई खाना खुवाइरहेका छौं ।” देश लकडाउनमा गएपछि कोसी अस्पतालमा अन्य रोगको उपचारमा आई भर्ना भएका बिरामी र कुरुवा आफन्त समस्यामा परेका छन् । 

Royal Enfield Island Ad

कार्कीले भनिन्, “अस्पतालको क्यान्टिनले समेत बिरामी बाहेककालाई माग भएजति खाना खुवाउन नसक्ने जनाउ दिएपछि बिरामी र कुरुवा समस्यामा रहेको पाएपछि हामीले पहल लिएर आज साँझबाट खाना खुवाउन सुरु गरेका हौं ।” कार्कीले पहिलो दिन दुई सय जनालाई खाना खुवाइएको जानकारी दिइन् । 

स्वतन्त्र युवा झन् सक्रिय
विराटनगरका युवा रिसभ आचार्य र उनको समूहले पाँच दिन लगाएर कोरोना संक्रमितलाई खाना बोकेर वितरण गर्न सक्ने रोबोट बनायो । स्थानीय रूपमा उपलब्ध सामान प्रयोग गरेर बनाइएको रोबोटले कोरोनाको भाइरस मार्न सक्ने औषधिसमेत छर्कन्छ । आचार्य भन्छन्, “यो संकटका बेला के गर्न सकिन्छ भनेर बाहिर भएको सहयोग पनि हेर्यौं । पहिले स्वाब कलेक्सन बुथ बनाएर महानगरलाई दिएका थियौं ।” युवाले बनाएको रोबोट कोरोना संक्रमितलाई उपचार गर्न विराटनगरमा सञ्चालित कोसी अस्पताललाई हस्तान्तरण गरिएको छ । 

युवा समूहले नै बनाएको औषधिको मिश्रणले यसअघि कोसी अस्पताललाई सेनिटाइज्ड गरिएको थियो । समूहका अर्का युवा दीपेश धिमालले आफूहरूको काममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र स्वास्थ्यकर्मीबाट ठूलो हौसला प्राप्त भएको सुनाए । युवालाई बीपी प्रतिष्ठान धरानबाट पनि दुईवटा रोबोट बनाइदिन आग्रह आएको रिसभले सुनाए । धरानमा पनि आइतबारबाट सय बेडको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

विराटनगरका युवा अनिल रौनियारसहितको समूह आफैंले सेनिटाइजर बनाएर विराटनगरका टोल–टोलमा वितरण गरे । उनीहरूले विराटनगरका औषधि पसल र ठूला मलहरूमा समेत सेनिटाइजर बिक्री बन्द भएका बेला नगरबासीलाई आफैंले सेनिटाइजर बनाएर वितरण गरे । रौनियार भन्छन्, “हामी कलेजमा पढ्ने सबै साथीहरूले सरसल्लाह गरेर आफैं पैसा उठाएर सेनिटाइजर बनायौं अनि विराटनगरका टोल–टोलमा लगेर वितरण गरिदियौं ।” रौनियारले यो काम गर्दा धेरैले सेनिटाइजर नपाएको बेला उपलब्ध गराएको भनेर स्याबासी पाएको र यसमै सन्तुष्टि मिलेको सुनाए । 

अलपत्रलाई सडकमै खाना 
ओसिम आलम विराटनगरमा स्वयंसेवी काममा अग्रभागमा सक्रिय हुने नाम हो । लकडाउनका कारण विराटनगरमा सडकमा बस्नेहरू निकै संकटमा परे । होटल बन्द भए । दाताहरूसमेत घरमै थुनिएपछि भोकभोकै परेकाहरूलाई आलमको समूहले स्कुटरबाट ढुवानी गरेर खाना खुवायो । आलम भन्छन्, “सडकमा अलपत्र बनेकाहरूको पीडा देख्न सकेनौं त्यसैले सबै साथीभाइले सरसल्लाह गरेर खाद्यान्न जुटाएर अलपत्रलाई खुवाउने प्रबन्ध गरेका हौं ।” 

युवाको एउटा समूहले मोटरसाइकलमा खानाका प्याकेट बोकेर विराटनगरका सडकमा अलपत्र बनेकाहरूलाई खुवाउँदै हिँडेको दृश्य देख्ने गरिन्छ । उनीहरूले पानी र समस्यामा परेकालाई औषधिमूलो गर्न अस्पतालसम्म पनि लगिदिने गरेका छन् । अनेरास्ववियूका केन्द्रीय नेता आलमले यो कार्यलाई कुनै राजनीतिक रंग नदिएको बरु संकटका बेला स्वयंसेवक झन् सक्रिय हुन्छन् भन्ने सन्देश मात्र दिन खोजेको सुनाए ।

उनले भने, “हामी राजनीतिक कार्यकर्तामात्र होइन समाजका स्वयंसेवक पनि हौं । हामीले स्वयंले गर्ने सेवाभावलाई मर्न दिनुहुँदैन अझ यो संकटका बेला ।” आलमको समूहले सडकमा अलपत्र परेका सयौं जनालाई खाना खुवाइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro