विशेष
काठमाडौं । पूर्वसचिव भीम उपाधयाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध भर्खरै मुद्दा दर्ता भएको बताए । भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने श्रेष्ठले जानकारी दिए । साइबर क्राइमको अभियोगमा प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै पक्राउ गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । बुधबारै पक्राउ परेका उपाध्यायलाई आइतबार अबेर मात्र जिल्ला अदालत लगिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७ १५:१८
प्रतिक्रिया दिनुहोस्