site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
म्याग्दीबाट ३७ मजदुरको उद्धार 
Sarbottam CementSarbottam Cement

गलेश्वर । तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७  मजदुरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट आएर म्याग्दीमा सञ्चालित विभिन्न आयोजनामा काम गर्ने ३७ मजदुर भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका- ६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङ हुँदै रोल्पातर्फ हिँडेका २३  मजदुरलाई उद्धार गरी सम्बन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको छ ।

उनले भने, “आफ्नो आयोजना स्थलमा रहेका मजदुरलाई अलपत्र पार्नेलाई कारबाही सुरु गरेका छौं, एक ठाउँबाट अर्को ठाउँमा नजान मजदुरहरुलाई समेत सचेत बनाएका छौं ।”

Global Ime bank

निर्माणाधीन बेनी अस्पतालको भवनमा काम गर्ने मजदुरहरु बेनी दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिँडेको अवस्थामा उनीहरुलाई बेनी नगरपालिका- ४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बताए । उनीहरु एक हप्ता पैदल हिँडेर घरसम्म पुग्ने योजना बनाइ हिँडेका थिए । 

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाए पनि आफूहरुलाई भोकभोकै बस्नुपर्ने अवस्था आएकाले बस्तीभन्दा टाढा जङ्गलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदुरहरुले बताएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC