देश
काठमाडौं । तीन हजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) मा कालोबजारी गरेको आरोपमा जगदम्बा सिमेन्ट/स्टिल (शंंकर ग्रुप) का मालिक शुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो । उनी ग्रुपका लगानी कर्तामध्येका एक हुन् ।
उनको साथबाट ६६ थान थर्मल गन बरामद भएको छ । महाशाखाका एसएसपी सहकुल थापाले भने, “सो गनको बजार मूल्य ३ हजार पर्न जान्छ । उनले गाडीमा राखेर १६ हजारमा बेच्दै गरेको पाइएपछि पक्राउ गरेका हौं ।” अग्रवाल नेपालका लागि किर्गिस्थानका लागि अवैतनिक दूत समेत भएको एसएसपी थापाले बताए । थापाले लकडाउनको समयमा कालोबजारी गर्ने गिरोहविरुद्ध प्रहरी सक्रिय रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६ १४:४१
प्रतिक्रिया दिनुहोस्