विशेष
![आज कहाँकहाँ पुग्दै छ साल्ट ट्रेडिङको मोबाइल भ्यान ?](https://12khari.de/uploads/posts/2020-04-01_NTC--National-trading-Corpo_492387962.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मोबाइल भ्यानामार्फत् टोल टोलमा खाद्यान्न बिक्री गरिरहेको छ । हरेक दिन कर्पोरेसनको मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको हो ।
सोही क्रममा राजधानीका विभिन्न स्थानमा कर्पोरेसनको भ्यान पुग्ने बताइएको छ । बुधबार राजधानीको सामाखुसी चोक, गोंगबु, टोखा, झोर, नयाँ बजार, बालाजु, चक्रपथ, कुपन्डोल, सानेपा, सिनामंगल, पाटनलगायत क्षेत्रमा भ्यान पुग्ने बताइएको छ ।
भ्यानमा चामल, नुन, चिनी, आँटा, मैदालगायत खाद्यान्न बिक्री हुनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा बिक्री गर्ने खाद्यान्नमा सरकारको निर्णयबमोजिम १० प्रतिशत छुट दिइनेछ ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६ ११:३९
प्रतिक्रिया दिनुहोस्