site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाका कारण शनिबार हुने एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल मेडिकल काउन्सिलले चैत ८ गते लिने एमबीबीएस र बीडीएस तहको लाइसेन्स परीक्षा स्थगित गरेको छ ।
 
काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीको घोषण भएपछि नेपालमा पनि उच्च जोखिम भएकाले  परिक्षा अनिश्चितकालका लागि स्थगित गरिएको बताए । उनले मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सतर्कता अपनाउन परीक्षा स्थगित गरिएको बताए । 

उनले भने, “एमबीबीएस र बीडीएस तहको लाइसेन्स परिक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ ।”

यसपटकको परीक्षामा सहभागी हुन एमबीबीएस तथा बीडीएस उत्तीर्ण भएका १ हजार ६० जनाले आवेदन दिएको काउन्सिले जनाएको छ । 

सोमबार स्वास्थ्य विज्ञहरुले विश्वमा कोरोनाको महामारी भएकाले अहिले भिडभाड र परीक्षा लिने कार्य गर्नु खतरा हुने सुझाव दिएका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro