खेल
![एल क्लासिकोमा रियलको जित](https://12khari.de/uploads/posts/2020-03-02_real_madrid_1492952057.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
एजेन्सी । स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले शीर्ष स्थानको बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । शानदार जितसहित रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । रियल ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६ ०७:४१
प्रतिक्रिया दिनुहोस्