site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण
Sarbottam CementSarbottam Cement

तेहरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । 

इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चिको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।” 

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसिना पनि आएको देख्‍न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ । एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC