site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेक्वान्दो मास्टर शर्मा ‘मास्टर अफ द इयर अवार्ड’ बाट जर्मनीमा सम्मानित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक दिनेश शर्मा जर्मनीको म्युनिखमा ‘मास्टर अफ द इयर अवार्ड’ ले सम्मानित भएका छन् । शर्मालाई जर्मनीको म्युनिखमा म्युनिख हल अफ अनर जर्मनीले शनिबार राति एक बिशेष समारोहकाबीच ‘मास्टर अफ द इयर अवार्ड’ बाट सम्मानित गरेको हो । 
नेपाली मार्शल आर्ट क्षेत्रका चर्चित प्रशिक्षक समेत रहेका शर्मासंगै दर्जनौं ग्रान्डमास्टर, मार्शल आर्टसका संस्थापक लगायत अन्तर्रािष्ट्रय मेडलिस्ट खेलाडीहरु पनि सम्मानित भएका थिए । सम्मानित भएपछि शर्माले आफुलाई गौरव महसुस भएको र नेपाली मार्सल आर्ट खेलमा केहि गर्ने उर्जा थपिएको बताए । 

“एक नेपाली खेलाडी, प्रशिक्षकले यो स्तरको सम्मान पाउदा गौरव लागेको छ,” सम्मानपछि जर्मनीबाट शर्माले भने, “यो सम्मान पाउदै अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन पाएको छु, त्यसैले खुशी छु । यो सम्मानबाट नेपाली मार्सल आर्ट क्षेत्रको विकास गर्न बल पुगेको छ ।” शर्मालाई यो सम्मानको लागि म्युनिख हल अफ अनर जर्मनीका अन्तर्रा्ष्ट्रिय बोर्ड अफ डाइरेक्टर्सका ग्रान्डमास्टर सिन्थिया रोथरक, ग्रान्डमास्टर अरहार्ड केलनर, ग्रान्डमास्टर सामुएल कोक, मास्टर ग्रेगोर जे हस लगायतका ग्रान्डमास्टर र मास्टर्सको बोर्डले विश्व भरीका दर्जनौं मास्टर्सले छनौट गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बाराको निजगढ निवासी ३० बर्षीय शर्मा यसअघि अमेरिकामा द लिजेन्ड मार्शल आर्टस् हल अफ फेमद्वारा पनि सम्मानित भएका थिए । त्यस्तै शर्माले सन् २०१६ मा मात्र बेलायतबाट विश्व मार्शल आर्टस् गेम्स कमीटी, तेक्वान्दो इन्टरनेशनल र इन्टरनेशनल तेक्वान्दो परिषदबाट एकैपटक ३ वटा अवार्ड पाएका थिए । 

यस्तै शर्माले सन् २०१६ मा भारतको बैंगलोरमा सम्पन्न साउथ एशियन ओपेन तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए । तेक्वान्दोका ब्ल्याक बेल्ट पाँचौं डान तथा अन्तर्रा्ष्ट्रिय “ए” क्लास रेफ्रि समेत रहेका शर्माले सन् २०१५ मा अमेरीकामा भएको अन्तर्रा्िष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा बेस्ट रेफ्रि अवार्ड समेत पाएका थिए । शर्मा वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव तथा साङरोक नेपाल तेक्वान्दो एकेडेमीका मास्टर समेत हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC