काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको बिजेता लेष्टर सिटीले साँघुरो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेष्टरले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ ।
वेष्ट ब्रोमको घरेलु मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन एक मात्र गोल जेमी भर्डीले गरे । खेलको ४३ औं मिनेटमा भर्डीले गरेको गोल नै खेलमा निर्णायक गोल बनेको थियो । योसँगै भर्डीले लिगमा यो सिजन १३ गोल गर्न सफल भएका छन् ।
जितसँगै लिगको ११ औं स्थानमा उक्लिएको लेष्टरले ३४ खेलबाट ४० अंक बनाएको छ । आठौं स्थानमा रहेको वेष्ट ब्रोमको ३४ खेलबाट ४४ अंक छ ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । यस्तै साउथह्याम्प्टन र हल सिटी तथा स्टोक सिटी र वेष्ट ह्यामले भने गोल रहित बराबरी खेलेका छन् ।