site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आलु बरामद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वीरगन्ज । भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव रु पाँच लाख मूल्य बराबर दुई सय क्विन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले शुक्रबार बिहान पक्राउ गरेको छ । 

ना६त ६३४९, ना५त ९४२८, ना४त २५०४ र ना५त ८०८६ नंको ट्र्याक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए । उनले भारतबाट अवैधरुपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्र्याक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए । 

बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् । पक्राउ गरिएको आलु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC