site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चुरेभावर राष्ट्रिय एकता पार्टीले नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपाली भूमिमाथि भारतीय पक्षबाट पटक–पटक अतिक्रमण गरी नेपाली जनतालाई दुःख दिने गरेको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष बद्री न्यौपानेले सीमाबाट हुने तस्करी, आपराधिक क्रियाकलाप जस्ता कार्यलाई रोक्न दुई देशबीचको सीमालाई काँडेतार लगाएर व्यवस्थित गर्न माग गरेका छन् । उनले निश्चित नाकाबाट मात्रै परिचयपत्रमार्फत आवतजावतको व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय भएको बताए ।
त्यसैगरी चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई अधिकतम प्रयोग गर्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन तयारी स्वरुप चुरेभावर पार्टीको वैशाख ८ र ९ गते उदयपुर जिल्लाको गाईघाटमा बसेको केन्द्रीय कार्यसमिति तथा विभिन्न जिल्लाका अध्यक्षहरूको संयुक्त बैठकले चुनावमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय गरेको हो । सो पार्टीले चुनावमा अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय पनि गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC