site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जलेको १६ महिनापछि उपचारका लागि राजधानी ल्याइए राउटे युवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । १६ महिना अगाडि आगोले जलेर थलिएका अछाम भैरवथानका राउटे युवा कपिलदेव शाही अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । नजिकै आगो बालेर सुतेका कपिल राति आगो फैलिएर जलेका थिए । 

आगोले जलेका १८ वर्षीय कपिल राउटे समुदायका अध्यक्ष वीरबहादुर शाहीका छोरा हुन् । जलेर सख्त घाइते भए पनि उनी लामो समयसम्म स्थानीय जडिबुटीकै भरमा थिए । घाउ निको नभएपछि उनलाई राउटे उत्थान प्रतिष्ठान नेपाल र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको सहयोगमा काठमाडौं ल्याइएको हो । उपचारका लागि काठमाडौं आउन नमानेका कपिलदेवलाई राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काले जिम्मेवारी लिएर काठमाडौं ल्याएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

खड्काले भनिन्, “मलाई सबै राउटे समुदायले भान्जी बनाएका छन् र यतिसम्म विश्वास गरे । तर, काठमाडौं लगेर कपिल निको नभए तिमीलाई पनि मार्छौं भनेका छन् । त्यो कुरामा पनि मैले सहमति जनाएकी छु ।” 

घरेलु उपचारका क्रममा आगोले पोलेको ठाउँमा पात टाँस्दै गएकाले अहिले उनको शरीरको घाउमा कुहिएको पात रहेको खड्काले जानकारी दिइन् । “अवस्था कस्तो छ, डाक्टरले हेरेपछि मात्र थाहा हुन्छ,” उनले भनिन् । खड्काका अनुुसार बिहीबार अस्पताल भर्ना गरिएका कपिलको उपचार शुक्रबारदेखि मात्र सुरु हुनेछ । कपिलसँगै उनका बुबा वीरबहादुर र अन्य केही राउटेहरू काठमाडौं आएका छन् ।

Global Ime bank

तस्बिर : सरिता खड्का
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC